२०८३ कार्तिक १२, बुधबार

इरानको अमेरिकी सैन्य अखडामाथि आक्रमण

बहराइन र कुवेतस्थित अमेरिकी सैन्य अखडामाथि इरानी आक्रमणको दाबी

बहराइन र कुवेतस्थित अमेरिकी सैन्य अखडामाथि इरानी आक्रमणको दाबी
बहराइन र कुवेतस्थित अमेरिकी सैन्य अखडामाथि इरानी आक्रमणको दाबी

कार्तिक ११ काठमाडौं । बहराइन र कुवेतमा रहेका अमेरिकी सैन्य अखडालाई लक्षित गरी इरानले ड्रोन तथा क्षेप्यास्त्र आक्रमण गरेको दाबी सार्वजनिक भएको छ।
प्रारम्भिक विवरणअनुसार बहराइनस्थित अमेरिकी पाँचौँ नौसैनिक बेडासँग सम्बन्धित क्षेत्र तथा कुवेतको अली अल सलेम सैन्य अखडालाई लक्षित गरी समन्वित रूपमा ड्रोन र क्षेप्यास्त्र प्रहार गरिएको बताइएको छ।
आक्रमण भएको भनिएका क्षेत्रमा ठूलो विस्फोट भएको र आकाशमा बाक्लो धुवाँ देखिएको दाबी गरिएको छ। घटनासँग सम्बन्धित केही भिडियोसमेत सार्वजनिक भएका छन्।
यस घटनाले खाडी क्षेत्रमा अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किन सक्ने आशंका बढाएको छ।
यद्यपि, आक्रमणबाट भएको क्षति, मानवीय हताहती तथा सैन्य संरचनामा परेको प्रभावबारे अहिलेसम्म स्वतन्त्र रूपमा पुष्टि भएको छैन।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस