२०८३ कार्तिक १३, बिहिबार

सातै प्रदेशका डीआईजी

सातै प्रदेशका डीआईजी प्रहरी प्रधान कार्यालयमा बोलाइए, नेतृत्व फेरबदलको चर्चा

सातै प्रदेशका डीआईजी प्रहरी प्रधान कार्यालयमा बोलाइए, नेतृत्व फेरबदलको चर्चा
सातै प्रदेशका डीआईजी प्रहरी प्रधान कार्यालयमा बोलाइए, नेतृत्व फेरबदलको चर्चा

काठमाडौं । नेपाल प्रहरीका सातै प्रदेशमा कार्यरत प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई काठमाडौंस्थित प्रहरी प्रधान कार्यालयमा बोलाइएको छ। प्रदेशका सबै डीआईजीलाई एकैपटक नक्सालस्थित प्रधान कार्यालयमा बोलाइएपछि प्रहरी संगठनको नेतृत्वमा फेरबदल हुन सक्ने चर्चा सुरु भएको छ।
प्राप्त जानकारीअनुसार कोशी प्रदेशका डीआईजी शेखर खनाल केही दिनदेखि बिदामा काठमाडौंमै छन्। मधेस प्रदेशका डीआईजी ओमप्रसाद अधिकारी पनि कार्यालयको कामको सिलसिलामा केही दिनदेखि काठमाडौंमा रहेको बताइएको छ।
त्यस्तै, बागमती प्रदेशका डीआईजी दीपक रेग्मी, लुम्बिनी प्रदेशका डीआईजी भूपेन्द्रबहादुर खत्री, कर्णाली प्रदेशका डीआईजी जयराज सापकोटा र सुदूरपश्चिम प्रदेशका डीआईजी सानुराम भट्टराई हवाई मार्ग हुँदै काठमाडौं आइरहेको जानकारी प्राप्त भएको छ।
सरकारले प्रहरी प्रमुखसहित केही उच्च प्रहरी अधिकारीलाई पदमुक्त गर्न सक्ने चर्चा चलिरहेका बेला प्रदेशका डीआईजीहरूलाई प्रधान कार्यालयमा बोलाइएको हो। यस घटनाले प्रहरी संगठनभित्र सम्भावित नेतृत्व परिवर्तनको विषयलाई थप चर्चामा ल्याएको छ।
यद्यपि, डीआईजीहरूलाई एकैपटक बोलाउनुको आधिकारिक कारण र प्रहरी नेतृत्वमा हुन सक्ने भनिएको फेरबदलका विषयमा हालसम्म औपचारिक जानकारी सार्वजनिक भएको छैन।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस