२०८३ कार्तिक १९, बुधबार

सल्यानमा पाँच नाल भरुवा बन्दुक बरामद

सल्यानको सामुदायिक वनमा लुकाइएका पाँच नाल भरुवा बन्दुक बरामद

सल्यानको सामुदायिक वनमा पाँच नाल भरुवा बन्दुक बरामद
सल्यानको सामुदायिक वनमा लुकाइएका पाँच नाल भरुवा बन्दुक बरामद

सल्यान । सल्यानको एक सामुदायिक वनबाट पाँच नाल भरुवा बन्दुक बरामद भएका छन्।
जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–७, लेक सङ्ग्रहीस्थित सिम्टीगैरा सामुदायिक वनबाट प्रहरीले पाँच नाल भरुवा बन्दुक बरामद गरेको हो।
प्रहरीका अनुसार बुधबार बिहान करिब ८ः५५ बजे इलाका प्रहरी कार्यालय देवस्थलबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा वनमा बेवारिसे अवस्थामा राखिएका बन्दुक फेला पारेको थियो।
बरामद गरिएका पाँच नाल बन्दुकमध्ये तीन नाल साबुत र दुई नाल बेसाबुत अवस्थामा रहेका छन्।
उक्त बन्दुक कसले र कुन प्रयोजनका लागि वनमा लुकाएर राखेको हो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

यो पनि

ताजा अपडेट

२ घण्टा अघि

(Untitled)

यो साताको प्रचलित

खोजी गर्नुहोस