२०८३ कार्तिक १९, बुधबार

राष्ट्रपति पौडेल दक्षिणकाली मन्दिर

(Untitled)

राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना
(Untitled)

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँको दक्षिणकाली नगरपालिकास्थित प्रसिद्ध धार्मिक स्थल दक्षिणकाली मन्दिरमा पूजाअर्चना गरेका छन्।
बुधबार बिहान राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित दक्षिणकाली मन्दिर पुगेका थिए। मन्दिरमा उनले विधिपूर्वक पूजाअर्चना गर्नुका साथै पुजारीबाट टीकाप्रसाद ग्रहण गरेका हुन्।
मन्दिर परिसरमा राष्ट्रपति पौडेल र प्रथम महिला पौडेललाई स्थानीय जनप्रतिनिधि तथा मन्दिर व्यवस्थापन समितिका पदाधिकारीले स्वागत गरेका थिए।
धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको दक्षिणकाली मन्दिरमा राष्ट्रपतिको यो भ्रमणलाई धार्मिक भ्रमणका रूपमा हेरिएको छ।

यो पनि

ताजा अपडेट

२ घण्टा अघि

(Untitled)

यो साताको प्रचलित

खोजी गर्नुहोस