
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच मधेस प्रदेश सरकारका विषयमा आज छलफल भएको छ।
प्राप्त जानकारीअनुसार दुई नेताबीच मधेस प्रदेशको वर्तमान राजनीतिक अवस्था र प्रदेश सरकारका विषयमा कुराकानी भएको हो।
हाल मधेस प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार सञ्चालन भइरहेको छ। सरकारसँग सम्बन्धित राजनीतिक विषयमा दुई नेताबीच भएको छलफललाई चासोका साथ हेरिएको छ।
यद्यपि छलफलका क्रममा भएका सहमति तथा निष्कर्षबारे विस्तृत विवरण सार्वजनिक भएको छैन।