
१९ कात्तिक, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एकैदिन प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ९०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन बुधबार सुन प्रतितोला २ लाख ७५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, बिहीबार सुनको मूल्य १० ग्रामको २ लाख ४७ हजार ६८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यसैगरी, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । बुधबार प्रतितोला ३ हजार ६५५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार बढेर ३ हजार ९२० रुपैयाँ पुगेको छ ।
महासंघका अनुसार चाँदीको मूल्य १० ग्रामको ३ हजार ३६० रुपैयाँ ५० पैसा कायम भएको छ ।