
२० कात्तिक, काठमाडौं । यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले भारतविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ ।
भारतले टस जितेर पहिले बलिङ रोजेपछि नेपालले ब्याटिङ सुरु गरेको हो । खेल ओमानको अल अमेरातस्थित क्रिकेट मैदानमा भइरहेको छ ।
प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ । समूह चरणअन्तर्गत नेपालले भारतपछि २२ कात्तिकमा संयुक्त अरब इमिरेट्स (यूएई) र २४ कात्तिकमा पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिता यही कात्तिक २८ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगिताका लागि नेपालले विपिनप्रसाद शर्माको कप्तानीमा टोली घोषणा गरेको छ । नेपाली टोलीमा निरजकुमार यादव, प्रसिद्ध जैशी, सोहेल कुँवर, दर्श सुनार, रोहित चन्द, निश्चल क्षेत्री, आशिष लुहार, रोशन शाही, सूर्यान्शु कोइराला, अभय यादव, सुशील रावल, नितेशकुमार पटेल, शुभम खनाल र सचिन भट्ट रहेका छन् ।