२०८३ मंसिर ४, बिहिबार

सुदूरपश्चिमले टोलीमा दुई परिवर्तन गर्दा चितवनले पुरानै टोलीलाई निरन्तरता दियो

चितवन राइनोजले टस जितेर ब्याटिङ रोज्यो, फाइनल प्रवेशका लागि सुदूरपश्चिमसँग भिड्दै

एनपीएल : चितवनले टस जितेर ब्याटिङ रोज्यो, सुदूरपश्चिमसँग फाइनल भिडन्त
चितवन राइनोजले टस जितेर ब्याटिङ रोज्यो, फाइनल प्रवेशका लागि सुदूरपश्चिमसँग भिड्दै

३ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ अन्तर्गत फाइनल प्रवेशका लागि भइरहेको खेलमा चितवन राइनोजले टस जितेको छ ।

सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा चितवनले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो ।

आजको खेलका लागि सुदूरपश्चिमले टोलीमा दुई परिवर्तन गरेको छ । अविनाश बोहराको स्थानमा दीपक बोहरा र थनुका दबारेको स्थानमा फेबियन एलेनलाई प्लेइङ–११ मा समावेश गरिएको छ ।

चितवन राइनोजले भने अघिल्लो खेलकै टोलीलाई निरन्तरता दिएको छ ।

आजको खेल जित्ने टोली सिधै प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछ । सुदूरपश्चिम पहिलो खेलमा लुम्बिनी लायन्ससँग पराजित भएको थियो भने चितवनले बुधबार काठमाडौं गोर्खाजलाई पराजित गर्दै आजको खेलमा स्थान बनाएको थियो ।

आजको खेल नम्बर २ पिचमा सञ्चालन हुँदैछ । यही पिचमा यसअघि पोखरा एभेन्जर्सले २०० रनभन्दा माथिको योगफल बनाएको थियो । त्यसैले आजको खेलमा पनि ब्याटिङका लागि पिच कस्तो रहने भन्ने चासो रहेको छ ।

फाइनल प्रवेशको लक्ष्यसहित मैदान उत्रिएका दुवै टोलीका लागि आजको खेल महत्त्वपूर्ण हुनेछ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस