२०८३ मंसिर ८, सोमबार

नेपालका नयाँ पुस्ताको आकांक्षा ऐतिहासिक जनादेशमा झल्किएको मोदीको भनाइ

मोदीले गरे बालेनको प्रशंसा, भने– क्लियर भिजन र कमिटमेन्ट भएका नेता

मोदीले गरे बालेनको प्रशंसा, भने– क्लियर भिजन र कमिटमेन्ट भएका नेता
मोदीले गरे बालेनको प्रशंसा, भने– क्लियर भिजन र कमिटमेन्ट भएका नेता

७ मंसिर, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहको प्रशंसा गर्दै स्पष्ट दृष्टिकोण र प्रतिबद्धता भएका नेताका रूपमा आफूले पाएको बताएका छन् ।

नयाँ दिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले प्रधानमन्त्री शाहको नेपाल र भारत सम्बन्धप्रतिको दृष्टिकोण तथा प्रतिबद्धताको प्रशंसा गरेका हुन् ।

‘नेपालको भविष्य र भारत–नेपाल सम्बन्धका लागि उहाँको क्लियर भिजन र कमिटमेन्ट महसुस गरेको छु,’ मोदीले भने, ‘नेपालका जनताले दिएको ऐतिहासिक जनादेशले नयाँ पुस्ताको आकांक्षा झल्काउँछ ।’

उनले भारत सधैँ सशक्त र समृद्ध नेपालको विकास यात्रामा सहभागी हुँदै आएको उल्लेख गर्दै आगामी दिनमा पनि नेपालसँग मिलेर अघि बढ्ने बताए ।

‘भारत एक सशक्त र समृद्ध नेपालको विकास यात्रामा सधैँ सहभागी हुँदै आएको छ । हाम्रो सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन महत्त्वपूर्ण निर्णय लिएका छौँ,’ मोदीले भने ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस