२०८३ मंसिर ८, सोमबार

बालेन र मोदीले संयुक्त रूपमा उद्घाटन गरे, सिलिगुडी–झापा पेट्रोलियम भण्डारण परियोजनाको पनि शिलान्यास

भारतले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण नेपाललाई हस्तान्तरण

भारतले मोतिहारी–अमलेखगञ्ज पाइपलाइनको दोस्रो चरण नेपाललाई हस्तान्तरण
भारतले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण नेपाललाई हस्तान्तरण

७ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको भारत भ्रमणका क्रममा भारतले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाको दोस्रो चरण नेपाललाई हस्तान्तरण गरेको छ ।

प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रिमोटमार्फत संयुक्त रूपमा उद्घाटन गरेपछि उक्त परियोजना नेपाललाई हस्तान्तरण गरिएको हो ।

यसै अवसरमा सिलिगुडी–झापा पेट्रोलियम भण्डारण (ग्रिनफिल्ड टर्मिनल) परियोजनाको पनि शिलान्यास गरिएको छ । उक्त परियोजनाको प्रारम्भिक लागत करिब १२ अर्ब ४४ करोड ७३ लाख रुपैयाँ अनुमान गरिएको छ । यसमा पाइपलाइन निर्माणका लागि २ अर्ब ७८ करोड भारु र टर्मिनल निर्माणका लागि ५ अर्ब भारु खर्च हुने अनुमान छ ।

पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त परियोजना सञ्चालनमा आएपछि पेट्रोलियम पदार्थको ढुवानी खर्च ४० देखि ५० प्रतिशतसम्म घट्ने वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदनले देखाएको छ ।

नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसन (आईओसी) को साझेदारीमा अघि बढाइएका यी दुवै पूर्वाधार परियोजना सम्पन्न भएपछि नेपालको इन्धन ढुवानी लागत घट्ने अपेक्षा गरिएको छ ।

त्यससँगै पेट्रोलियम पदार्थको आपूर्ति प्रणाली थप सहज र व्यवस्थित हुनुका साथै देशको ऊर्जा सुरक्षा मजबुत बनाउन तथा इन्धन भण्डारण क्षमता विस्तार गर्नसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस