
८ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो मन्त्रिपरिषद्का दुई सदस्यसँग जहाजमा खिचिएको तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।
तस्वीरमा प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल उभिएको देखिन्छ ।
केहीबेरअघि सार्वजनिक गरिएको तस्वीर भारत भ्रमणका क्रममा जहाजमा खिचिएको हो । प्रधानमन्त्री शाहसँगै मन्त्रीद्वय वाग्ले र खनाल पनि भारत भ्रमणमा सहभागी भएका थिए ।
तस्वीर सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले लेखेका छन्, ‘देश उँभो लाउने टोली ! निक्कै मिहिनेती मान्छेहरू !’
यसअघि पनि प्रधानमन्त्री शाहले अन्य दुई मन्त्री सुधन गुरुङ र सुनिल लम्सालसँग सँगै बसेको तस्वीर सार्वजनिक गरेका थिए । उक्त तस्वीरमा उनले ‘देश बनाउने टोली’ भन्दै टिप्पणी गरेका थिए ।
प्रधानमन्त्री शाहले मन्त्रिपरिषद्का सदस्यहरूसँगका तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गर्ने क्रमलाई यसपटक पनि निरन्तरता दिएका हुन् ।