
माघ २१, काठमाडौं / त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सरसफाइको काम गर्ने एक कर्मचारी सुनसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनगाभा सगरमाथा सर्भिस प्रालि कम्पनीमार्फत विमानस्थल सरसफाइमा खटिने ४० वर्षीय डिकबहादुर राउत रहेका छन् । फोहरको पोकोलाई स्क्रिनिङ गर्दा ४.४ ग्रामको सुन फेला परेको हो । उनले विमानस्थलमा रहेको डस्टबिनको फोहरबाट सुन निकालेर बाहिर लैजाने क्रममा उनलाई विमानस्थल प्रहरीले पक्राउ गरिएको विमानस्थल प्रहरीका एसपी राजकुमार सिलवालले जानकारी दिए ।