२०८२ अषाढ ८, आईतबार

रेशम चौधरी पक्राउबारे गृहमन्त्रीले संसद्‍मा जवाफ दिने

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको पक्राउबारे गृहमन्त्री रमेश लेखकले जानकारी गराउने भएका छन् ।
रेशम चौधरी पक्राउबारे गृहमन्त्रीले संसद्‍मा जवाफ दिने

२३ वैशाख, काठमाडौं /  नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको पक्राउबारे गृहमन्त्री रमेश लेखकले जानकारी गराउने भएका छन् ।

मंगलबार प्रतिनिधि सभामा नाउपाका सांसदहरूले रेशम चौधरीको पक्राउबारे सरकारको जवाफ मागेर अवरोध गर्न खोजेका थिए । सभामुखले रुलिङ गर्नुपर्ने उनीहरूको माग थियो ।

त्यसक्रममा सभामुख देवराज घिमिरेले रेशम चौधरीको पक्राउबारे गृहमन्त्रीले संसदमा जवाफ दिने जानकारी गराए । उनका अनुसार आगामी बिहीबार गृहमन्त्री लेखकले जानकारी दिनेछन् ।

 

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस