२०८२ चैत्र १, आईतबार

दाङ

आज बिहान दाङमा मोटरसाइकल दुर्घटनामा मृत्यु हुनेको पहिचान खुल्यो

दाङमा मोटरसाइकल दुर्घटनामा मृत्यु हुने दुई जनाको पहिचान खुलेको छ ।
आज बिहान दाङमा मोटरसाइकल दुर्घटनामा मृत्यु हुनेको पहिचान खुल्यो

माघ २६, दाङ / दाङमा मोटरसाइकल दुर्घटनामा मृत्यु हुने दुई जनाको पहिचान खुलेको छ । आज बिहान दाङको घोराही उपमहानगरपालिका–१६ सेवाखोलामा घोराहीबाट तुलसीपुर जाँदै गरेको लुप्र ०२–००१ प ११०२ मोटरसाइकल अनियन्त्रित भएर सेवाखोलामा निर्माणाधीन पुलबाट खसेर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रेशम बोहराले बताएका छन् ।

दुर्घटनामा मोटरसाइकल चालक रोल्पा त्रिवेणी गाउँपालिका–७ का २८ वर्षीय ज्ञानेन्द्र बुढाथोकी र सोही मोटरसाइकलमा पछाडि सवार तुलसीपुर उपमहानगरपालिका–१७ झिँगैका ३९ वर्षीय कमल वलीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक बोहराले जानकारी दिनुभयो ।

गम्भीर घाइते दुवै जनालाई उपचारका लागि घोराहीस्थित राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस