२०८३ बैशाख ११, शुक्रबार

जितेन्द्रनारायण देव

जितेन्द्रनारायण देवले एमालेको पार्टी परित्यागको घोषणा

नेकपा एमालेका नेता जितेन्द्रनारायण देवले पार्टी छाडेको घोषणा गरेका छन् ।
जितेन्द्रनारायण देवले एमालेको पार्टी परित्यागको घोषणा

माग १९, काठमाडौँ / नेकपा एमालेका नेता जितेन्द्रनारायण देवले पार्टी छाडेको घोषणा गरेका छन् । देवले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी परित्याग गरेको घोषणा गर्दै एमालेले जेनजी आन्दोलनलाई नबुझेको र सच्चिनुको साटो विदेशी षडयन्त्र मात्र देखेकोमा असन्तुष्टि जनाएका छन् ।
साथै उनले पार्टीलाई व्यक्तिवाद र देवत्वकरणतिर लैजाने तथा स्वेच्छाचारी ढङ्गले पार्टी सञ्चालन गर्ने नेतृत्वको कार्यशैलीसँग असहमत भएकाले पार्टी छाड्नुपरेको बताएका छन् । देव २०८१ असार १७ गते नेपाली कांग्रेस छाडेर एमाले प्रवेश गरेका थिए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस