२०८३ बैशाख ११, शुक्रबार

सङ्खुवासभा

सङ्खुवासभामा छिमेकीको हत्या गरेको अभियोगमा एक जना पक्राउ

सङ्खुवासभामा छिमेकीको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
सङ्खुवासभामा छिमेकीको हत्या गरेको अभियोगमा एक जना पक्राउ

माघ १८, सङ्खुवासभा / सङ्खुवासभामा छिमेकीको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सङ्खुवासभाको चैनपुर नगरपालिका–१० इखम्बु बस्ने ४७ वर्षीय लीला प्रसाद राईको हत्या गरेको आरोपमा सोही ठाउँका ५९ वर्षीय शिव कुमार राई पक्राउ परेका हुन्।

शनिबार दिउँसो दुई पक्षबिच भएको सामान्य भनाभनले उग्र रूप लिँदा शिव कुमारले लीला प्रसादमाथि खुकुरी प्रहार गरेका थिए। खुकुरीको चोटका कारण लीला प्रसादको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। अभियुक्तलाई हिरासतमा राखेर कानुनी प्रक्रिया अगाडि बढाइएको छ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस