२०८३ बैशाख १०, बिहिबार

प्रदर्शनी

जलेका सरकारी सवारी प्रदर्शनीमा राख्न सांसद कोइरालाको माग

एमालेकी राष्ट्रियसभा सदस्य रुक्मिणी कोइरालाले भदौमा जेनजी आन्दोलनमा जलाइएका सरकारी सवारी साधन सरकारले प्रदर्शनीमा राख्नुपर्ने बताएकी हुन् ।
जलेका सरकारी सवारी प्रदर्शनीमा राख्न सांसद कोइरालाको माग

माघ २३, काठमाडौँ  / शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै एमालेकी राष्ट्रियसभा सदस्य रुक्मिणी कोइरालाले भदौमा जेनजी आन्दोलनका क्रममा जलाइएका सरकारी सवारी साधन सरकारले कवाडीमा बेच्न लागेको भन्दै आपत्ति जनाएकी छन् । सांसद कोइरालाले जलाइएका सवारी साधन भावी पुस्तालाई देखाउनका लागि भए पनि प्रदर्शनीमा राख्नुपर्ने बताएकी हुन् ।

‘आन्दोलनमा जलाइएका सरकारी सवारी साधन सरकारले कवाडीलाई बेच्दैछ भन्ने सुन्नमा आएको छ । तर जलेका सवारीका अस्थिपञ्जरहरू जस्ताको तस्तै एक ठाउँमा राखेर इतिहासका लागि भावी पुस्ताले देख्ने गरी राख्नुपर्छ र देशभरिबाट टिकट सिस्टमबाट प्रदर्शनीमा राखेर हेर्न दिनुपर्छ’, कोइरालाको भनाइ छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस