७ जेठ काठमाडौँ / तीनकुने घटनामा पक्राउ परेका दुर्गा प्रसाईंलाई थप दुई दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
जिल्ला अदालत काठमाडौँले बिहीबार प्रसाईंलाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
प्रहरीले तीनकुने घटनाका आरोपी प्रसाईंसहित ५३ जनालाई म्याद थपका लागि अदालतमा पेश गरेको थियो । अदालतले दुई दिन म्याद थप गरेको हो ।