२०८३ जेष्ठ २१, बिहिबार

क्यान्सर बिरामीलाई निशुल्क किमोथेरापी दिने तयारी : स्वास्थ्यमन्त्री पौडेल

क्यान्सरका बिरामीहरूका लागि किमोथेरापी (किमो) सेवा निःशुल्क उपलब्ध गराउने तयारी भइरहेको बताएका छन् ।
क्यान्सर बिरामीलाई निशुल्क किमोथेरापी दिने तयारी : स्वास्थ्यमन्त्री पौडेल

१० जेठ काठमाडौँ / विराटनगर स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले क्यान्सरका बिरामीहरूका लागि किमोथेरापी (किमो) सेवा निःशुल्क उपलब्ध गराउने तयारी भइरहेको बताएका छन् ।

मोरङको धनपालथान गाउँपालिकास्थित सोसभागमा शनिबार आयोजित वृहत् स्वास्थ्य शिविरको उद्घाटन गर्दै मन्त्री पौडेलले उक्त घोषणा गरेका हुन् ।

मन्त्री पौडेलले सरकारी स्वास्थ्य संस्थाबाट मात्रै सबै नागरिकलाई गुणस्तरीय सेवा दिन सम्भव नहुने भन्दै यसका लागि निजी क्षेत्र र विभिन्न संघसंस्थाहरूको सहकार्य र सहयोग अपरिहार्य रहेकोमा जोड दिए ।

‘स्वास्थ्य सेवामा व्याप्त बेथिति अन्त्य गरी आम जनताले सुलभ र सरल रूपमा सेवा पाउने सुनिश्चितता भए मात्र लोकतन्त्रको वास्तविक अनुभूति गर्न सकिन्छ,’ मन्त्री पौडेलले भने, ‘यसका लागि स्वास्थ्य क्षेत्रमा थप लगानी र पूर्वाधार विस्तार आवश्यक छ ।’

विराटनगरस्थित शैलजा आचार्य हृदय रोग केन्द्र सञ्चालनमा देखिएको कठिनाइबारे बोल्दै मन्त्री पौडेलले प्रदेश सरकारले केन्द्रलाई दुई वर्षका लागि मात्र हस्तान्तरण गरेकाले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमार्फत पूर्ण क्षमतामा सञ्चालन गर्न समस्या भएको स्पष्ट पारे ।

यो पनि

ताजा अपडेट

१ हप्ता अघि

सुनको भाउ घट्यो

यो साताको प्रचलित

खोजी गर्नुहोस