
माघ २२, काठमाडौँ / आफ्नो नाममा नक्कली चुनावी प्रतिबद्धतापत्र बनाएर सामाजिक सञ्जालमार्फत भ्रामक प्रचार गरिएको भन्दै नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले निर्वाचन आयोग र प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन्। उनले आफ्नो सचिवालयमार्फत आयोग र ब्युरोमा उक्त कार्यमा संलग्नमाथि कानुनी कारबाहीको माग गर्दै उजुरी दिएका हुन् । पुन गृहजिल्ला रोल्पाबाट प्रतिनिधि सभाको उम्मेदवार छन् ।