२०८३ श्रावण १२, मंगलबार

श्रीमतीको हत्या

धनगढीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले अस्पताल परिसर नजिकैबाट श्रीमानलाई पक्राउ गरेको छ ।
धनगढीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

माघ १२, धनगढी /धनगढीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले धनगढी उपमहानगरपालिका–८ घर भई हाल वडा नम्बर १३ राजपुरमा डेरा गरी बस्ने सतिङ दाहाललाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार आइतबार राति ३० वर्षीया हिरा दाहाल र उनका श्रीमान् सतिङबिच घरायसी विषयलाई लिएर भनाभन भएको थियो । विवाद बढ्दै गएपछि सतिङले श्रीमतीमाथि निर्घात कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते भएकी हिरालाई तत्काल उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको भए पनि उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

प्रहरीले अस्पताल परिसर नजिकैबाट सतिङलाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेका दाहालमाथि ज्यान मुद्दामा थप कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस