२०८३ आश्विन २६, सोमबार

एरिका गुरुङ

एसियन गेम्स : एरिका गुरुङ सेमिफाइनलमा पराजित

एरिका गुरुङ
एसियन गेम्स : एरिका गुरुङ सेमिफाइनलमा पराजित

काठमाडौं । जापानमा जारी २०औँ एसियन गेम्सअन्तर्गत महिला करातेको कुमिते विधामा नेपालकी एरिका गुरुङ सेमिफाइनलमा पराजित भएकी छन्।

कुमितेतर्फ ६८ केजीमाथिको स्पर्धामा एरिका कजाखस्तानकी सोफिया बेरुत्सेभासँग २–१ अंकले पराजित भएकी हुन्।

एरिका सेमिफाइनलसम्मको यात्रा तय गर्दै पदकको प्रतिस्पर्धामा पुगेकी थिइन्। तर सेमिफाइनलमा कजाखस्तानकी खेलाडीसँग पराजित भएपछि उनको स्वर्ण पदकको यात्रा रोकिएको छ।

एरिकाले यसअघि गत संस्करणको एसियन गेम्समा नेपालका लागि ऐतिहासिक रजत पदक जितेकी थिइन्।

नेपालका लागि करातेमा उत्कृष्ट प्रदर्शन गर्दै आएकी एरिकाको एसियन गेम्समा पछिल्लो प्रदर्शनलाई पनि नेपाली खेलकुद क्षेत्रमा चासोका साथ हेरिएको थियो।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस