२०८३ कार्तिक २९, शनिबार

गृहमन्त्री सुधन गुरुङ बिमस्टेक बैठकमा सहभागी हुन भारत प्रस्थान गर्दै

गृहमन्त्री सुधन गुरुङ बिमस्टेक बैठकमा सहभागी हुन भारत प्रस्थान गर्दै

२६ असोज, काठमाडौं । गृहमन्त्री सुधन गुरुङ बिमस्टेक बैठकमा सहभागी हुन भारत भ्रमणमा निस्किएका छन् ।

गृहमन्त्री गुरुङ केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका हुन् । उनी बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल (बिमस्टेक) अन्तर्गत आयोजना हुने बैठकमा सहभागी हुन भारत जान लागेका हुन् ।

बैठकमा नेपालसहित सात सदस्य राष्ट्रका गृहमन्त्री सहभागी हुनेछन् । सहभागी हुने देशहरूमा नेपाल, बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्ड रहेका छन् ।

बिमस्टेक बंगालको खाडी क्षेत्रका देशहरूबीच क्षेत्रीय सहकार्य प्रवर्द्धन गर्ने संगठन हो । यसले सदस्य राष्ट्रहरूबीच आर्थिक तथा प्राविधिक सहयोगलाई अघि बढाउने उद्देश्य राखेको छ ।

गृहमन्त्री गुरुङको भारत भ्रमणका क्रममा बैठकमा सहभागी सदस्य राष्ट्रहरूबीच आपसी सहयोग र साझा चासोका विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस