२०८३ कार्तिक १८, मंगलबार

प्लास्टिकका फूल बिक्रीमा प्रतिबन्ध

काठमाडौं महानगरमा प्लास्टिकका फूल र माला बिक्रीमा प्रतिबन्ध, बिक्री गरे जफत गरिने

काठमाडौं महानगरमा प्लास्टिकका फूल र माला बिक्रीमा प्रतिबन्ध
काठमाडौं महानगरमा प्लास्टिकका फूल र माला बिक्रीमा प्रतिबन्ध, बिक्री गरे जफत गरिने

१७ कात्तिक, काठमाडौं । नजिकिँदै गरेको तिहार पर्वलाई लक्षित गर्दै काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र प्लास्टिकजन्य फूल, फूलका माला तथा सजावटका सामग्री बिक्री वितरणमा पूर्ण प्रतिबन्ध लगाएको छ ।

महानगरपालिकाले स्वदेशी फूल तथा मालाको प्रयोगलाई प्राथमिकता दिन व्यवसायी, व्यापारी तथा सर्वसाधारणलाई आग्रह गरेको छ ।

काठमाडौं महानगरपालिका, नगर कार्यपालिकाको कार्यालयअन्तर्गतको महानगर प्रहरी बलले सूचना जारी गर्दै प्रतिबन्धित सामग्री बिक्री वितरण नगर्न चेतावनी दिएको हो ।

महानगरले सूचनाको अवज्ञा गरी कसैले प्लास्टिकजन्य वा गुणस्तर मापदण्ड पूरा नगरेका फूल, माला तथा सजावटका सामग्री बिक्री गरेको पाइएमा त्यस्ता सामग्री जफत गरिने जनाएको छ ।

यसैगरी, नेपाली किसानले उत्पादन गरेका फूल तथा मालाले उचित बजार पाउन् र सर्वसाधारणलाई खरिद गर्न सहज होस् भन्ने उद्देश्यले महानगरले बिक्री वितरणका लागि विभिन्न स्थानसमेत तोकेको छ ।

महानगर प्रहरी बलले सरोकारवाला निकायसँगको समन्वयमा स्वदेशी फूल तथा मालाको बिक्री वितरणलाई व्यवस्थित बनाउन आवश्यक व्यवस्था मिलाएको जनाएको छ ।

महानगरको यो निर्णयले नेपाली किसानले उत्पादन गरेका फूलको बजार प्रवर्द्धन गर्नुका साथै तिहारमा स्वदेशी फूलको प्रयोग बढाउने अपेक्षा गरिएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस