
१७ कात्तिक, सोलुखुम्बु । सोलुखुम्बुमा दुईवटा हेलिकोप्टर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङले दुर्घटनामा एक विदेशी नागरिकको मृत्यु भएको र अर्का एक जना घाइते भएको जानकारी दिए ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार फिस्टेल र डायनेस्टी एयरका हेलिकोप्टर फेरिचे हेलिप्याडमा अवतरण गर्ने क्रममा आपसमा ठोक्किएर दुर्घटना भएका हुन् ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले फेरिचे हेलिप्याडमा अवतरणका क्रममा दुई हेलिकोप्टरका पंखा ठोक्किएको प्रारम्भिक जानकारी आएको बताए ।
उनका अनुसार घटनाबारे थप विवरण बुझ्ने प्रयास भइरहेको छ । दुर्घटनाको कारण र अन्य विवरण आउन बाँकी रहेको छ ।