२०८३ आश्विन १६, शुक्रबार

बझाङ

ब्रेक फेल भएर २० मिटर तल खस्यो आलु बोकेको बोलेरो, चालकको मृत्यु

बझाङमा बोलेरो दुर्घटना
ब्रेक फेल भएर २० मिटर तल खस्यो आलु बोकेको बोलेरो, चालकको मृत्यु

१५ असोज, बझाङ । बझाङको सुर्मा गाउँपालिका–२ मन्दोगडीमा बोलेरो जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

प्रहरीका अनुसार सदरमुकाम चैनपुरतर्फ आउँदै गरेको कर्णाली प्रदेश ००१ च १०९५ नम्बरको बोलेरो जिप अचानक ब्रेक फेल भएपछि सडकबाट करिब २० मिटर तल खसेको हो ।

दुर्घटनामा सुर्मा गाउँपालिका–४ का २६ वर्षीय चालक कुन्दन बोहराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक जानकारीअनुसार उक्त बोलेरो जिप सुर्मा गाउँपालिका–४ का स्थानीय किसानले उत्पादन गरेको आलु बिक्रीका लागि सदरमुकाम चैनपुरतर्फ ल्याउँदै थियो । जिपमा चालकसहित तीनजना सवार थिए ।

दुर्घटनामा जिपमा सवार अन्य दुईजना सामान्य घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल सिमखेत, बझाङ लगिएको प्रहरीले जनाएको छ ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस