
१० मंसिर, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेका छन् ।
हेरफेरअनुसार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमलाई मन्त्रिपरिषद्को सातौं वरीयताबाट तेस्रो स्थानमा उकासिएको छ ।
यसअघि मन्त्रिपरिषद्को तेस्रो वरीयतामा परराष्ट्रमन्त्री शिशिर खनाल थिए । सोबिता गौतमलाई तेस्रो वरीयतामा ल्याएपछि ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ र पूर्वाधारमन्त्री सुनिल लम्सालको वरीयता एक–एक स्थान तल झरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनबाट उपसभापतिमा निर्वाचित गौतम पार्टीको वरीयतामा तेस्रो स्थानमा छिन् । तर, मन्त्रिपरिषद्मा भने उनी यसअघि सातौं वरीयतामा थिइन् ।
पार्टीको वरीयताअनुसार उनलाई मन्त्रिपरिषद्मा समेत माथिल्लो स्थानमा ल्याइएको हो ।