
१० मंसिर, काठमाडौं । पूर्वमुख्य सचिव एकनारायण अर्याल पक्राउ परेका छन् । गृह मन्त्रालय स्रोतले अर्याल पक्राउ परेको पुष्टि गरेको हो ।
मलेसियामा कामदार पठाउने क्रममा अवैध रूपमा रकम संकलन गरी उक्त रकम मलेसिया पठाएको आरोपमा अर्याल पक्राउ परेको स्रोतले जनाएको छ ।
गृह मन्त्रालय स्रोतले अर्याल पक्राउ परेको पुष्टि गर्दै थप विवरण पछि सार्वजनिक गरिने बताएको छ ।
‘एकनारायण अर्याल पक्राउ परेको सत्य हो । यसबारे थप विवरण पछि सार्वजनिक होला,’ गृह मन्त्रालय स्रोतले भन्यो ।
अर्याल कहाँबाट र कुन समयमा पक्राउ परेका हुन् भन्नेबारे भने खुलाइएको छैन ।
यसअघि यही प्रकरणमा तत्कालीन दुई मन्त्री रामेश्वर राय यादव र शेरबहादुर कुँवर, तत्कालीन श्रम सचिव विनोद केसीसहित १० जना पक्राउ परिसकेका छन् ।
उनीहरूमाथि ठगी तथा संगठित अपराधको कसुरमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गरिरहेको छ ।