
११ मंसिर, काठमाडौं । काठमाडौं जिल्ला अदालतले पूर्वमुख्यसचिव एकनारायण अर्याललाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
शुक्रबार अदालतमा उपस्थित गराइएका अर्याललाई चार दिन हिरासतमा राखेर थप अनुसन्धान गर्न अनुमति दिइएको काठमाडौं जिल्ला अदालतका प्रवक्ता शिव खतिवडाले जानकारी दिए ।
अर्याललाई प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमार्फत शुक्रबार अदालतमा पेस गरेको थियो ।
मलेसियामा वैदेशिक रोजगारीका लागि जाने नेपाली श्रमिकको बायोमेडिकल सेवा शुल्क असुलीसम्बन्धी अनुसन्धानका क्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अर्यालमाथि अनुसन्धान गरिरहेको छ ।
भारतमा पक्राउ परेका अर्याललाई प्रहरीले बिहीबार काठमाडौं ल्याएको थियो । उक्त प्रकरणमा प्रहरीले दुई पूर्वमन्त्रीसहित १० जनालाई पक्राउ गरिसकेको छ ।