२०८२ अषाढ ८, आईतबार

अमेरिकामा २ बालबालिकासहित ४ जना नेपाली मृत फेला

भर्जिनियास्थित म्यानेसस पार्कको एक घरमा २ बालबालिकासहित चार नेपाली मृत अवस्थामा फेला परेका हुन् ।
अमेरिकामा २ बालबालिकासहित ४ जना नेपाली मृत फेला

२४ जेठ काठमाडौं / अमेरिकामा २ बालबालिकासहित ४ नेपाली मृत फेला परेका छन् ।भर्जिनियास्थित म्यानेसस पार्कको एक घरमा २ बालबालिकासहित चार नेपाली मृत अवस्थामा फेला परेका हुन् ।

मृतकमध्ये ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीया अञ्जु श्रेष्ठ, एक २ वर्षे बालक र ८ वर्षीया बालिका रहेका छन् । उनीहरु एकै परिवारका हुन वा होईनन भन्ने खुलिसकेको छैन ।

स्थानीय समयअनुसार बिहीबार राति १०ः४० बजे घरधनीले प्रहरीलाई आफ्नो घरमा भाडामा बसेका व्यक्तिहरूको अवस्था बुझ्न अनुरोध गरेका थिए ।
त्यसपछि घटनास्थल पुग्दा तलको अपार्टमेन्टमा चार जनालाई मृत अवस्थामा फेला पारिएको प्रहरीद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।

प्रारम्भिक अनुसन्धानमा सबैको मृत्यु गोली लागेर भएको देखिएको छ । घटनास्थलमा हतियार पनि फेला परेको प्रहरीले जनाएको छ । अनुसन्धान जारी छ । विस्तृत जानकारी आइसकेको छैन ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस