
माघ १२, नवलपरासी / देवचुलीस्थित स्कुल बसले किचेर ४ वर्षीया बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार देवचुली नगरपालिका–१ स्थित उक्त विद्यालयको बसले किच्दा नर्सरीमा पढ्ने सुष्मा पासवानको ज्यान गएको हो । उनी सोही विद्यालयकी विद्यार्थी हुन् ।
बसबाट स्कुलतर्पm झर्ने क्रममा खसेको झोला टिप्न खोज्दा ब्याक गरेको बसले उनलाई किचेको थियो । बसका चालकले बच्चा नदेखेका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको भनाइ छ । शव पोस्टमार्टमका लागि देवचुली नगर अस्पताल पठाउन लागिएको प्रहरीले जनाएको छ ।