२०८२ बैशाख ८, सोमबार
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति

बजारमा च्याउको भाउ बढ्यो

डल्ले च्याउ प्रतिकिलो ३०० रुपैयाँमा किनबेच भइरहेको छ
बजारमा च्याउको भाउ बढ्यो

८ वैशाख, काठमाडौं  / बजारमा च्याउको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि निर्धारण गरेको मूल्यसूची अनुसार डल्ले च्याउको भाउ बढेको हो ।

आज डल्ले च्याउको मूल्य २३ रुपैयाँले बढेको छ । आइतबार कालीमाटी बजारमा डल्ले च्याउ प्रतिकिलो २७६ रुपैयाँका किनबेच भएको थियो । आज भने डल्ले च्याउ प्रतिकिलो ३०० रुपैयाँमा किनबेच भइरहेको छ ।

यस्तै कन्य च्याउ भने आज प्रतिकिलो १४६ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस