१७ बैषाख, झापा / झापा जिल्ला शिव सताप्क्षी नगरपालिका वडा नं. १० माइधार रहेको अनन्त आर्दश सस्कृत वेध विद्यालय अध्ययनरत उत्सव गौतमको रहस्यमय मृत्यु भएको घटना वाहिरिएको छ । घटना २०८१ साल चैत्र २७ गतेको हो । विद्यालयमा दुर्घन्ध आउन थाले पछि खोजी गर्दा स्टोरमा दुई वटा कछाडमा झुण्डिएको अवस्थामा उत्सवको शव फेला परेको थियो ।
उक्त शव कनकाइ नगरपालिका वडा नं. ७ का वर्ष १२ का कक्षा ५ मा अध्ययनरत उत्सव गौतमको हो । बुबा गोतराज गौतम र आमा हरी माया दाहाल छोरा उत्सवलाई एक वर्ष अघि मात्र गुरुकुलमा भर्ना गराएका थिए । भर्ना गरेको एक वर्षमा छोरा उत्सवको मृत्यु घटनालाई सोभाविक मान्न सकेका छैनन् । छोराको मृत्युलाई आत्म हत्या नभै हत्या भएको भन्दै उनले शव उठाउन नमानेको तर मलाई शव वुझन दवाव दिएकोले शव वुझन बाध्य भएको भनि दुष्टि नेपाललाई गोतराजले वताए ।
उता गोतराजको भनाइ र सो घटनाको विषयलाई लिएर अन्नत आर्दश सस्कृत वेध विद्यालयको प्रधानाध्यापक उद्धव सापकोटा संग टेलिफोन मार्फत वुझन खोज्दा हाम्रो फोन रिसिभ गर्नु भएन ।
घटना स्थलको प्रकृतिलाई हेदा १२ वर्षिया उत्सवले दुई वटा पासो लगाउन सक्ने स्थिति अपत्यारिलो हुनु र शव भेटिएको केहि दिन गुरुबाट पिटिनु घटनाले पनि हत्या हुन सक्ने आकलन गर्न सकिन्छ । तर यस घटना सामसुम वनाउन खोजिएको देखिन्छ । त्यसैले यस घटनाको छानविन र अनुसन्धान गरी सत्य तथ्य बाहिर ल्याउन जरुरी जेखिन्छ ।