२०८२ अषाढ १७, मंगलबार

प्रतिनिधिसभा बैठकको समय फेरि सारियो

प्रतिनिधिसभा बैठकको समय फेरि सारिएको छ ।
प्रतिनिधिसभा बैठकको समय फेरि सारियो

२५ जेठ काठमाडौं / प्रतिनिधिसभा बैठकको समय फेरि सारिएको छ । दोस्रोपटक तोकिएको समयमा पनि बैठक बस्न नसकेपछि आजै अपराह्न ५ः३० बजे बस्ने गरी तय गरिएको छ ।

आज दिउँसो १ बजे बैठक बस्ने पूर्वनिर्धारित कार्यसूची थियो । तर, सत्तापक्ष र विपक्षी दलबीच सहमति जुट्न नसकेपछि आजै दिउँसो ३ः१५ का लागि बैठक सारिएको थियो ।

यस अवधिमा पनि सहमति नजुटेपछि सभामुख देवराज घिमिरेले आजै अपराह्न ५ः३० बजेका लागि बैठक तय गरेका हुन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस