२०८२ अषाढ १७, मंगलबार

नेपालले अस्ट्रेलियामा टप इन्ड टी–२० सिरिज खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टिमले अस्ट्रेलियामा टप इन्ड टी–२० सिरिज खेल्ने भएको छ ।
नेपालले अस्ट्रेलियामा टप इन्ड टी–२० सिरिज खेल्ने

१३ असार काठमाडौँ / नेपाली राष्ट्रिय क्रिकेट टिमले अस्ट्रेलियामा टप इन्ड टी–२० सिरिज खेल्ने भएको छ । आइसिसी टी–२० विश्वकप एसिया छनोटको तयारीका लागि नेपालले अस्ट्रेलियामा क्रिकेट प्रतियोगिता खेल्न लागेको हो ।

प्रतियोगिता अस्ट्रेलियाको डार्विनमा १४ देखि २४ अगस्टसम्म हुनेछ । यो प्रतियोगितामा सहभागी हुने अन्य टिम र खेल तालिका हुने प्रकाशित हुन बाँकी छ ।

टी–२० विश्वकप लगातार दोस्रोपटक खेल्ने लक्ष्य लिएको नेपालले सेप्टेम्बरमा वेस्ट इन्डिजसँग तीन खेलको टी–२० सिरिज खेल्ने तयारी छ । वेस्ट इन्डिजसँग खेलेपछि नेपाल विश्वकप छनोट खेल्न ओमान जानेछ । ओमानमा ९ टोलीबीच प्रतिस्पर्धा हुनेछ भने शीर्ष ३ टिम आगामी वर्ष भारत र श्रीलंकामा हुने विश्वकपमा छनोट हुनेछ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस