२०८२ श्रावण २७, सोमबार

बडीमालिकाबाट फर्कँदा लडेर मृत्यु भएका अर्का व्यक्तिको शव पनि निकालियो

बडीमालिका दर्शन गरी फर्कने क्रममा बाटोमा चिप्लिएर भिरबाट लडेका अर्का व्यक्तिको शव पनि निकालिएको छ ।
बडीमालिकाबाट फर्कँदा लडेर मृत्यु भएका अर्का व्यक्तिको शव पनि निकालियो

२४ साउन / बडीमालिका दर्शन गरी फर्कने क्रममा बाटोमा चिप्लिएर भिरबाट लडेका अर्का व्यक्तिको शव पनि निकालिएको छ । शुक्रबार बाजुराको त्रिवेणी नगरपालिका– ९ बिस्नापानी भीरमा बडीमालिका मन्दिर दर्शनपछि फर्कँदै गर्दा दिउँसो साढे ४ बजे भीरबाट लडेर एक वृद्धको मृत्यु भएको थियो ।

मृत्यु हुने व्यक्ति बर्दिया जिल्ला ठाकुरबाबा नगरपालिका –४ का ७५ वर्षीय डिल्लीराज घोरासैनी रहेको सशस्त्र प्रहरीका सह–प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

उनको शव शनिबार बिहान पौने १० बजे खोँचबाट निकालिएको डिएसपी थापाले जानकारी दिए । शव निकाल्नका लागि सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म बाजुराबाट गएको सुरक्षाफौज , नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोली खटिएको थियो ।

सोही ठाउँमा खसेर काठमाडौंका विप्लव ओझाको पनि मृत्यु भएको थियो । उनी पूर्वशिक्षा मन्त्री देवीप्रसाद ओझाका छोरा हुन् । उनी बिहीबार बेलुकी ८ बजे भीरबाट खसेका थिए । उनको शव शुक्रबार साँझ निकालिएको थियो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस