२६ साउन सुर्खेत / जाजरकोटमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । भेरी नगरपालिका–१, कोल्चौरनजिकै कल्ले खोलामा गए राति १ बजे भएको एम्बुलेन्स दुर्घटनामा चालक भेरी नगरपालिका–१, डौँरीकाँडाका २७ वर्षीय सुनील चदराको मृत्यु भएको हो ।
भेरी नगरपालिका–१, रावत गाउँदेखि मैदेमा बिरामी लिन जाँदै गर्दा एम्बुलेन्स दुर्घटनामा परेको प्रहरी निरीक्षक हरिराम डाँगीले जानकारी दिए । उनका अनुसार, उकालो जाने क्रममा भित्तामा ठोक्किएर एम्बुलेन्स करिब १०० मिटर तल खसेर दुर्घटना भएको हो । राति १ बजे दुर्घटना भए पनि स्थानीयले आज बिहान घाँस काट्न जाने क्रममा थाहा पाएर प्रहरीलाई खबर गरेका थिए ।