३० भदौ, काठमाडौं / सुशीला कार्की नेतृत्व सरकारको मन्त्रिपरिषद् विस्तार भएपछि पहिलो मन्त्रिपरिषद् बैठक शुरु भएको छ । बैठक अहिले सिंहदरबारमा बसिरहेको छ ।
जेनजी प्रदर्शनको बलमा कार्की प्रधानमन्त्री नियुक्त भएकी थिइन् । उनले तीन सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेकी छन् । रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याल मन्त्री बनेका छन् । तीनै मन्त्रीहरूले आजै शपथ ग्रहण गरेका थिए । उनीहरू सम्मिलित बैठक अहिले बसिरहेको हो ।