२०८२ आश्विन ३०, बिहिबार

जेनजी युवाको प्रदर्शनमा दुर्लभ कछुवा चोरी

जेनजी युवाको प्रदर्शनका क्रममा झापाबाट दुर्लभ कछुवासमेत चोरी भएको पाइएको छ ।
जेनजी युवाको प्रदर्शनमा दुर्लभ कछुवा चोरी

९ असोज, झापा / जेनजी युवाको प्रदर्शनका क्रममा झापाबाट दुर्लभ कछुवासमेत चोरी भएको पाइएको छ । झापाको अर्जुनधारा नगरपालिका–९ स्थित कछुवा संरक्षण तथा प्रजनन केन्द्रबाट दुर्लभ कछुवा चोरी भएको हो ।

सुखानी शहीद स्मृति प्रतिष्ठानको हाताभित्र कछुवा संरक्षण तथा प्रजनन केन्द्र छ । सो केन्द्रमा पनि भदौ २४ गतेको प्रदर्शनको क्रममा आगजनी र तोडफोड भएको थियो । त्यसैक्रममा दुर्लभ प्रजातिका चार वटा कछुवा चोरीसमेत भएको प्रतिष्ठानका व्यवस्थापक रुद्रमणि सुवेदीले बताए ।

‘केन्द्रमा रहेका सबै कछुवाको नियमित गणना हुन्छ’, सुवेदीले भने, ‘यसपटक गणना गर्दा चारवटा कछुवा चोरी भएको पाइयो ।’ प्रतिष्ठान हाताभित्र दश प्रजातिका ६० वटा दुर्लभ कछुवालाई संरक्षण गरेर राखिएको थियो । प्रतिष्ठानभित्रको कछुवा संरक्षण तथा प्रजनन केन्द्र पर्यटकका लागि मुख्य आकर्षणको केन्द्र बन्दै आएको छ ।

प्रदर्शनकारीले गरेको आगजनी र तोडफोडबाट प्रतिष्ठानको मुख्य कार्यालयसहित पर्यटकीय पूर्वाधारमा ७० लाख बराबरको क्षति पुगेको अनुमान छ । प्रतिष्ठानको हाताभित्र रहेको कार्यालय, डुंगा र फाउन्टेन पार्कको प्यानल बोर्डमा आगजनी तथा प्रहरी चौकी, शहीद प्रतिमा र क्यान्टिनलगायत संरचनामा तोडफोड भएको सुवेदीले जानकारी दिए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस