२०८२ आश्विन ३०, बिहिबार

मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु, अर्का गम्भीर घाइते

धनुषामा तीनजना किशोर सवार मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।
  • दृष्टि नेपाल
  • २०८२ आश्विन १०, शुक्रबार
मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु, अर्का गम्भीर घाइते

१० असोज धनुषा / धनुषामा तीनजना किशोर सवार मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । गएराति कमला नगरपालिका–२ स्थित खोक्साहा पुल नजिक नम्बर नखुलेको मोटरसाइकल दुर्घटना हुँदा दुई किशोरको मृत्यु भएको हो । दुर्घटनामा परेर अर्का एक किशोर गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मृत्यु हुनेमा धनुषाकै जनकनन्दिनी गाउँपालिका– ५ बनरझुलाकम १८ वर्षीय अमित यादव र १६ वर्षीय कुश मिश्र छन् ।

दुर्घटनामा दुवै किशोरको घटनास्थलमै मृत्यु भएको हो । मोटसाइकलको पछाडि सवार सोही ठाउँका १७ वर्षीय राहुल महतो गम्भीर घाइते भएका छन् । उनको जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटना बिहीबार राति साढे १० बजेतिर भएको हो । कमला नगरपालिका–३ लगमा बजारमा आयोजन हुँदै आएको झिझिया नाच हेर्नका जाँदै गरेका किशोर दुर्घटनामा परेका हुन् । तीव्र गतिको कारण दुर्घटना भएको अनुमान प्रहरीको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस