२०८२ कार्तिक २, शनिबार

झापाबाट सेनाले गर्‍यो ९१ जनाको उद्धार

नेपाली सेनाले झापामा बाढीमा फसेका ९१ जनाको उद्धार गरेको छ ।
झापाबाट सेनाले गर्‍यो ९१ जनाको उद्धार

२० असोज काठमाडौँ / नेपाली सेनाले झापामा बाढीमा फसेका ९१ जनाको उद्धार गरेको छ । सोमबार बिहानसम्म मिलनबस्ती इलाकाबाट नेपाली सेनाले ९१ जनाकव उद्धार गरेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

अन्य सुरक्षा निकाय तथा स्थानीयको सहयोगमा मोटरबोटबाट ४८ जना, बोटबाट ३१ जना र पैदलबाट १२ जना गरी कुल ९१ जनाको उद्धार गरेको छ । हालसम्म हेलीकोप्टर तथा स्थलमार्गबाट कुल १०७ जनाको उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको सेनाले जनाएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस