२१ असोज काठमाडौँ / महिला टी २० अन्तर्राष्ट्रिय शृंखलाको चौथो खेलमा नेपाल विजयी भएको छ । मलेसियामा आज भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो । योसँगै नेपाल र मलेसियाबीचको पाँच खेलको शृंखलामा २–२ को बराबरी भएको छ ।
यसअघि भएको पहिलो खेलमा नेपाल तीन रनले पराजित भएको थियो भने दोस्रो खेलमा मलेसियालाई ६ विकेटले हराएको थियो । तेस्रो खेलमा नेपाल १३ रनले पराजित भएको थियो ।
आज मलेसियाले दिएको एक सय १२ रनको लक्ष्य पछ्याएको नेपालले १७.३ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो । नेपालको लागि कप्तान इन्दु बर्माले ३९ बलमा ४८ रनमा अविजित रहिन् । त्यस्तै रुबिना क्षेत्रिले २३ बलमा २३ रन बनाइन् ।
मलेसियाको लागि नुर दानिया स्युहादा, आइना हमिजा र माहिरा इजातीले समान एकएक विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ११ रन बनाएको थियो । उसका लागि मास एलिसाले अविजित ५६ रन बनाइन् । माहिराले १८ तथा नुर दानियाले १५ रन बनाएकी थिइन् ।
नेपालकी कविता कुँवरले तीन विकेट लिइन भने पूजा महतो र कविता जोशीले समान एक एक विकेट लि । शृङ्खलाको अन्तिम खेल भोलि हुनेछ ।