२०८२ आश्विन ३०, बिहिबार

एमालेले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लियो

एमालेले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
एमालेले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लियो

२२ असोज जनकपुरधाम / एमालेले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार सो पार्टीले मुख्यमन्त्री सतिशकुमार सिंह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै अबको सहकार्य सम्भव नरहेको जनाएको हो । पार्टीको आज बसेको बैठकपछि उक्त निर्णय सार्वजनिक गरिएको हो ।

मुख्यमन्त्री सिंहको नेतृत्वमा बनेको सरकारले जनअपेक्षा अनुसार काम नगरेको र राजनीतिक नैतिकता गुमाएको आरोप एमालेले लगाएको छ । एमालेका एक नेताले भने– ‘मुख्यमन्त्री सिंहको नेतृत्वमा बनेको सरकारले सुशासन र विकासका पक्षमा काम गर्न असफल भयो, त्यसैले हामीले समर्थन फिर्ता लिएका हौँ ।’

एमालेको समर्थन फिर्तासँगै मधेस प्रदेश सरकार अल्पमतमा परेको छ । एमालेको समर्थन गुमेपछि विपक्षी दलहरूलाई सत्ता समीकरण फेरबदल गर्ने अवसर मिलेको छ ।

स्रोतका अनुसार एमाले नयाँ सरकार गठनको तयारीमा लागेको छ । यसका लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र स्वतन्त्र सांसदहरूसँग छलफल सुरु गरिएको बताइएको छ । ‘प्रदेशमा स्थायित्व र सुशासनका लागि नयाँ नेतृत्व आवश्यक छ,’ एमालेका एक नेताले बताए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस