२९ असोज, जनकपुरधाम / मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंह जन स्वराज पार्टी (जस्वपा) मा सनाखत गर्न जाँदा झडप भएको छ । निवर्तमान मुख्यमन्त्री सिंह र जनमतकै पूर्व वनमन्त्री त्रिभुवन साह नयाँ जनस्वपामा सनाखत गर्न जनकपुरस्थित निर्वाचन कार्यालय पुगेका थिए ।
त्यस क्रममा उनीहरूलाई जनमतका नेता कार्यकर्ता रोक्न जाँदा सामान्य झडप भएको थियो । जनमतका नेता कार्यकर्ताले सिंह सवार गाडीमाथि आक्रमण गर्न खोजेका थिए । तर सुरक्षाकर्मीहरूले गाडी तोडफोड हुनबाट बचाएका थिए ।
मंगलबार मात्रै जनमतका असन्तुष्ट पक्षले पार्टी फुटाएर जस्वपा गठन गरेका थिए । नव गठित जस्वपाको अध्यक्षमा दिपककुमार साह छन् । साहलाई जनमतले पार्टी नीति विपरीत गतिविधि गरेको भन्दै २२ साउनमा साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको थियो । जनमतमा साह उपाध्यक्ष थिए ।