२०८२ आश्विन ३०, बिहिबार

ललितपुरको जावलाखेलमा एमाले केन्द्रीय कमिटी बैठक सुरु

नेकपा एमालेको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक सुरु भएको छ ।
ललितपुरको जावलाखेलमा एमाले केन्द्रीय कमिटी बैठक सुरु

३० असोज, काठमाडौं / नेकपा एमालेको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक सुरु भएको छ । बिहान आठ बजेदेखि सुरु गर्ने भनिएको बैठक केही ढिला गरी सुरु भएको हो । बैठक ललितपुरको जावलाखेलस्थित रामबाघ महलमा सुरु भएको छ ।

आजको बैठकमा केन्द्रीय सदस्यहरुले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रस्तावमा धारणा राख्ने क्रम जारी रहने एमालेले जनाएको छ ।
पहिलो दिन बुधबारको बैठकमा ५० जना केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राखेका थिए । आज बाँकी केन्द्रीय सदस्यहरुले धारणा राख्ने छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस