२०८२ कार्तिक १२, मंगलबार

नेपाली सेनाबाट बर्खास्तीमा परेका व्यक्ति भदौ २४ को तोडफोड र आगजनीमा संलग्न

भदौ २४ गते भएको आगजनी र तोडफोडमा संलग्न एक जना व्यक्ति नेपाली सेनाबाट बर्खास्तमा परेको खुलेको छ ।
नेपाली सेनाबाट बर्खास्तीमा परेका व्यक्ति भदौ २४ को तोडफोड र आगजनीमा संलग्न

११ कार्तिक काठमाडौँ / भदौ २४ गते भएको आगजनी र तोडफोडमा संलग्न एक जना व्यक्ति नेपाली सेनाबाट बर्खास्तमा परेको खुलेको छ ।
काठमाडौं प्रहरीले बानेश्वरको ग्लोबल कलेज र प्रहरी वृत्त गौशालामा तोडफोड गर्ने एक जनालाई सोमबार पक्राउ गरेको छ ।

त्यसमा संलग्न एक जना पूर्वसैनिकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कञ्चनपुर बेलौरी नगरपालिका घर भई टोखाको धापासी बस्ने २७ वर्षीय भुवन शाही छन् ।

उनलाई प्रहरीले सोमबार पक्राउ गरेको हो । उनीबाट एउटा मोटरसाइकल, कलेजको ट्रफी कप, गणेशको मूर्ति, डिएसएलआर क्यामरा बरामद भएको छ ।

शाही २०७४ सालमा नेपाली सेनामा भर्ना भएका थिए । उनले नक्कली चालक अनुमति पत्र पेस गरी सेवामा प्रवेश गरेको खुलेपछि नेपाली सेनाले २०७५ सालमा बर्खास्त गरेको थियो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस