
२२ कार्तिक काठमाडाैँ / नेत्रविक्रम चन्द विप्लवसहितका नेताहरू सनाखतका लागि निर्वाचन आयोग पुगेका छन् । महासचिव विप्लव, प्रवक्ता खड्कबहादुर विश्वकर्मा लगायतका नेताहरू शुक्रबार दिउँसो निर्वाचन आयोग पुगेका हुन् ।
कात्तिक ११ गते विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको थियो । आयोगमा उक्त पार्टीको नाम कम्युनिस्ट पार्टी नेपाल नाम गरेर दर्ता गरिएको थियो ।
निर्वाचन आयोगमा दल दर्ता हुँदा ५०० जनाले सनाखत गर्नुपर्छ । शुक्रबार त्यसैका लागि विप्लव लगायतका नेताहरू आयोगमा उपस्थित भएका हुन् ।