२०८२ कार्तिक २४, आईतबार

नक्साल भाटभटेनी भत्काउने क्रममा एक जनाको मृत्यु

नक्सालस्थित भाटभटेनी सुपरमार्केट भत्काउने क्रममा एक जनाको मृत्यु भएको छ
नक्साल भाटभटेनी भत्काउने क्रममा एक जनाको मृत्यु

२३ कात्तिक, काठमाडौं / नक्सालस्थित भाटभटेनी सुपरमार्केट भत्काउने क्रममा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार एक जनाको मृत्यु भएको हो । घाइते भएका दुइमध्ये एक जनाको मृत्यु भएको हो । उनीहरुलाई उद्धार गरेर उपचारका लागि लगिएकोमा एक जनाको मृत्यु भएको हो ।

जेनजी आन्दोलनका क्रममा आगजनी भएको उक्त भवन मर्मत तथा सरसफाइका लागि भत्काउन थालिएको थियो । आगलागीले क्षतिग्रस्त भवन भत्किन थालेपछि भग्नावशेषहरू हटाउन थालिएको थियो । सो क्रममा आज दुई जना गम्भीर घाइते भएको र एक जनाको मृत्यु भएको हो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस