२०८२ मंसिर १२, बिहिबार

नेपाली कम्युनिस्ट पार्टीमा समाहित भए थप चार दल

नेपाली कम्युनिस्ट पार्टीमा थप चार वटा पार्टीका एकीकरण पक्षधर समाहित भएका छन् ।
नेपाली कम्युनिस्ट पार्टीमा समाहित भए थप चार दल

११ मंसिर काठमाडौँ / नेपाली कम्युनिस्ट पार्टीमा थप चार वटा पार्टीका एकीकरण पक्षधर समाहित भएका छन् । बिहीबार काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा एक समारोहबीच विभिन्न दलका एकीकरण पक्षधर नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुन लागेका हुन् ।

जनता समाजवादी पार्टी (जसपा)को संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठ नेतृत्वको एकीकरण पक्षधर, जनजागरण पार्टी नेपाल, नेकपा बहुमतको विद्रोही समूह र नेकपा (माओवादी)को विद्रोही समूहबीच एकता हुँदैछ ।

एकता घोषणा कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपाल, नेताहरू झलनाथ खनाल, वामदेव गौतम, नारायकाजी श्रेष्ठ, गंगालाल तुलाधर लगायत सहभागी छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस