२०८२ मंसिर १६, सोमबार

बैठक

पुसमा नियमित महाधिवेशन गर्न संस्थापनको माग आज कांग्रेस बैठक बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ ।
पुसमा नियमित महाधिवेशन गर्न संस्थापनको माग आज कांग्रेस बैठक बस्दै

१५ मङ्सिर, काठमाडौँ  / नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बैठक बस्ने तय भएको जानकारी दिएका छन् । महाधिवेशनको विषयमा विवाद हुँदा कांग्रेस बैठक पटक–पटक सर्दै आएको र सोहीअनुरुप पछिल्लो पटक आइतबार दिउँसो बस्ने भनिएको बैठक सोमबार बस्नेगरी सारिएको थियो ।

यसैबीच नेपाली कांग्रेसको संस्थापन समूहले विशेष महाधिवेशन माग गरेको प्रस्ताव फिर्ता भए पुसमा नियमित महाधिवेशन गर्न आफूहरु मान्ने जनाएका छन् ।

आइतबार बिहान सभापति शेरबहादुर देउवालाई भेट्न गएका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरुले विशेष महाधिवेशनको माग गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई असोज २९ गते २ हजार ४८८ महाधिवेशन प्रतिनिधिहरूले बुझाएको हस्ताक्षर फिर्ता भए मान्ने बताएका हुन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस